गौरब बिष्ट भाद्र २२, कञ्चनपुर। सुदुरपश्चिमका कमेडी च्याम्पियन हिक्मत महरा लाई गृह जिल्लामा  स्वागत गरिएको छ। च्याम्पियन महरा लाइ शुक्लाफाँटा नगरपालिकमा पनि स्वागत गर्दै खादा ओढाएर सम्मान गरिएको छ। मंगलबार नगरपालिकाको सभाहलमा नगर प्रमुख दिल बहादुर ऐर तथा प्रमुख प्रशासकीय अधिकृत विसन शिह थापाले स्वागत तथा सम्मान गरिएका छन्।

कमेडी च्याम्पियन रियालिटी सो सिजन २ को टप ४ बाट बाहिरिएका कमेडी च्याम्पियन हिक्मत महरा बिगत देखिनै कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं १ बन्शाहमा बस्दै आएका छन् ।

कमेडि च्याम्पियनमा हिक्मत महराले सुदुरपश्चिम प्रदेशका नागरिक को मन जित्दै आएका थिए तर अन्य कमेडि च्याम्पियनमा सहभागी प्रतिस्पर्धीहरुको सहयोगी भने बिभिन्न राजनैतिक दल,बिभिन्न संघसस्था र युवाहरुको अद्भुत सहयोग रहेको थियो तर महराको स्थानीय केहि युवाहरुको साथ र सहयोग बाहेक अन्य कुनै पनि राजनैतिक दल,समाजसेबी,संघसस्थाहरुको आर्थिक,भौतिक,नैतिक सहयोग समेत उल्लेख्य मात्रामा नपाएकाले च्याम्पियन महराले टप ४ बाटै बाहिरिनु परेको उहाका एक सहकर्मीले बताए। प्रस्तुति जतिनै मिहिनेत,जतिनै राम्रो बनाए पनि आखिर

निर्णायक टिम ले भोटको आधारमा समेत मुल्यांकन गर्ने भएकाले आफ्नो प्रयाप्त भोट हुन् नपाउदा उत्क्रिष्ट ४ बाटै बिदालिनु परेको दुखेसो कमेडि च्याम्पियन हिक्मत महराले बताए। अन्य सहकर्मीहरुको तुलनामा मेरो भोट कम भएका कारण उत्क्रिष्ट ३ मा पुग्न नसकेको दुखेसो पुखे। साथै सुदुर पश्चिम प्रदेश लगायत नेपाल अधिराज्यभर संगै संसारका बिभिन्न देशबाट अत्याधिक भोट गरि सहयोग गर्ने शुभचिन्तक प्रति हार्दिक आभार प्रकट गरेका छन्।

कमेडी च्याम्पियन हिक्मत महरा लाई शुक्लाफाँटा नगरपालिकामा स्वागत गर्दै शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐरले रास्ट्रकै गहना,सुदुर पश्चिम प्रदेश कै एक अब्बल कलाकार च्याम्पियन हिक्मत महरा शुक्लाफाँटा नगरपालिकाको मात्रै छोरा नभएर शिङ्गो सुदुर अनि नेपालकै छोरा भएको उद्घोष गरे। प्रतिभाको खानि भएका एक कलाकार जो रास्ट्रिय अनि अन्तरास्ट्रिय जगत सम्म हाम्रो पहिचान लाई उच्च राख्न सफल भएको दाबि गरे। हार जित एक आर्काका परिपुरक पनि हुन् अझ धेरै कुरा सिक्ने र अगाडि बढन हौसला प्रदान गरेका छन्। स्वागत कार्यक्रममा शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर,प्रमुख प्रशासकीय अधिकृत विशन सिह थापा, बिभिन्न वडाका वडा अध्यक्षहरु,नगरका शाखा प्रमुखहरु,स्थानीय पत्रकार एवं कमेडी च्याम्पियन हिक्मत महरा का शुभ चिन्तकहरु को उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुस