काठमाडौं भाद्र २२‌ अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र MCC सम्झैताको बिरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । सरकारले एनसिसी सम्झौता नेपालको हित बिपरित हुँदा पनि संसद बाट पास गराउन खोजेको भन्दै अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले बिरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो ।

यस्तो छ प्रेस विज्ञप्ति

सरकारले एमसिसी सम्झौता गरेर अमेरिकी साम्राज्यवादकाको स्वार्थ पुरा गरिदिने गरि विविध प्रकारका षड्यन्त्र गरिरहेको र यही २०८७ साल भदौ २३ गते नेपालको प्रतिनिधिसभाको बैठक बोलाइएको , यसै हप्ता एमसीसी उपाध्यक्ष फतेमा सामुर र सहायक उपाध्यक्ष जनाथन बुक्सलाई नेपालका लागि बोलाइएको र नेपाल राष्ट्र र नेपाली जनताको हितविपरीत , मुलुककको राष्ट्र स्वाधीनता र नेपाली जनताको सार्वभौमिकतामाथि बलत्कार गर्ने उद्श्येका साथ उक्त प्रोजेक्ट जबर्जस्त पारित गराउन मरिहत्ते गरिरहेका समाचारहरु प्राप्त भइसके पछि विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र गंभीर बन्न पुगेको छ ।
हाम्रो संगठन जुन यही २०७८ को भदौको यसै हप्तादेखि नेपाल भ्रमण गर्न बोलाइएका एमसीसीका पदाधिकारीहरुको नेपाल भ्रमणलाई तुरुन्तै रध्द गर्न र उक्त नेपाल र नेपाली जनताको हितविपरीत एमसीसी नाम दिइएको कथित राष्ट्रघाति अमेरिकी प्रोजेक्टलाई तुरुन्तै खारेज गर्न जोडदार रुपमा माग गर्दछ । साथै यसै प्रसंगसंग जोडिएर संयुक्त राज्य अमेरिकाको विरोध गर्ने जोकसैलाई पनि सुक्ष्म ढंगले अनुसन्धान गर्ने र सख्त कार्यवाही गर्ने भनेर गृह मन्त्रालयबाट प्रेस विज्ञप्ति प्रकाशित गर्ने साथै एसैसित जोडिएको प्रसंग सहित विस्तारवादी भारतीय शासकहरुलाई विरोध गरेमा कडा कार्वाही गर्ने ” भन्दै दुईवटा अलगअलग प्रेस विज्ञप्ति गरेर जनतालाई तर्साउने र जनताको अभिव्यक्ति स्वतन्त्रताहनन् हुने खालको फासीवादी कदम र मौलिक प्रेस स्वतन्त्रताको हकमाथि बन्देज लगाउने फासिष्ट शैली अवलम्बन गर्ने हर्कतहरु प्रदर्शन गर्ने कोसिस गरिएको पाइएकोले ती फासीवादी शैलीका कदमहरु गृह मन्त्रालयद्वारा जारी गरिएका प्रेस विज्ञप्तिहरु फिर्ता गरेर नेपाली जनताको प्रेस स्वतन्त्रताको हकको सम्मान गर्न नेपाल सरकार प्रति चेतावनी सहित कडाइसाथ गलती सच्याउन जोडदार रुपले माग गर्दछ।
नेपाल सरकारका यस प्रकारका राष्ट्रघाति र जनघाति हर्कतका विरोधमा नेपालका सम्पूर्ण देशभक्त , जनवादी तथा प्रघगतिशील र क्रान्तिकारी लेखक , पत्रकार , साहित्यकार , संस्कृतिकर्मी तथा सञ्चारकर्मीहरुले निर्भीक भएर आफ्नो कलम चलाउनु हुन र सम्पूर्ण देशभक्त , जनवादी , प्रगतिशील तथा राष्ट्र प्रेमी जनसमुदाय , व्यक्तिहरु एकताबध्द भएर संघर्षको मैदानमा उत्रिन हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पेुत्रेकार केन्द्र हार्दिक अनुरोध गर्दछ र अमेरिकी साम्राज्यवाद , भारतेली विस्तारवादका विरुद्ध , राष्ट्रिय सार्वभौमिकता को पक्षमा आम नेपाली जनता , देशभक्त , जनवादी तथा प्रगतिशील एवं क्रान्तिकारी राजनीतिक शक्तिहरुले सञ्चालन गर्ने देशभक्तिपूर्ण आन्दोलनहरुमा हाम्रो संगठनको सधैं ऐक्यबद्धता रहने छ भन्ने प्रतिबधता जाहेर गर्न चाहन्छ । धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित ।

मिति ७ सेप्टेम्बर २०२१
( २२ भदौ २०७८ )

( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल

 

 

 

प्रतिक्रिया दिनुस