काठमाडौँ — इन्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । राजधानी जकार्ताको बाहिर रहेको बान्तेन प्रान्तको ट्यांगरेंग जेलमा बुधबार बिहान १ बजेतिर आगो लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै आगलागीमा ८ जना गम्भीर घाइते भएको रोयटर्सले जनाएको छ ।

जेलको ब्लक ‘सी’ मा कैदीबन्दीहरू सुतिरहेका बेला आगो लागेकाले ठूलो मानवीय क्षति भएको बताइएको छ । उक्त ब्लकको क्षमता भए पनि १२२ जना कैदीबन्दी राखिएको बताइएको छ । उक्त ब्लकमा लागुऔषधसम्बन्धी कसुरका कैदीबन्दी रहेका थिए । औद्योगिक क्षेत्रनजिकै रहेको उक्त जेलको क्षमता ६ सय भए पनि २ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुस