काठमाडौं । नेकपा (एमाले) ले आफूबाट विभाजित एकीकृत समाजवादीका सांसदहरूलाई गैरसंवैधानिक भन्दै सभाबाट निष्कासन गर्नुपर्ने माग गरेको छ । रोष्ट्रम अघि उभिएर एमाले सांसदहरूले गैरसांसदलाई बैठकमा राख्न नपाइने भन्दै नारावाजी गरिरहेका छन् । उनीहरूले पार्टी फुटाउन सभामुख मतियार बनेको आरोपसमेत लगाए ।

एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका थिए । संसदीय दलको निर्णय अनुसार एमाले सांसदहरुले सभा अवरुद्ध पारेका छन् । यसै बिच प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुस