काठमाण्डौं भाद्र २३ । एमसीसी खारेजीको माग गर्दै नेकपा(क्रान्तिकारी माओवादी) लगायत विभिन्न २२ राजनीतिक दल सम्वद्ध संघ संगठनले काठमाण्डौंमा बिरोध प्रदर्शन गरेका छन् ।२२ दलीय संगठनका नेता कार्यकर्ताहरु बुधबार काठमाण्डौंको माइतीघर मण्डलामा भेला भएर एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेकपा (माले, नेकपा विप्लव ,जनमोर्चा लगायतका नेता कार्यकर्ताहरु सहभागी भएर बिरोध प्रर्दसन गरेका छन ।

बिरोध प्रदर्शनमा उनीहरुले ‘एमसीसी खारेज गर,एमसीसीविरुद्ध आवाज उठाउनेहरुमाथिको धरपकड बन्द गर जस्ता नारा लगाएका थिए । सरकारले एमसीसी सम्झौता सदनमा पेश गर्ने तयारी गरिरहेका बेला देशभरी सडकमा त्यसविरुद्धको बिरोध प्रदर्शनका कार्यक्रम चर्कंदै जान थालेका छन ।

प्रतिक्रिया दिनुस