कञ्चनपुरको बेलडाँडीमा जमिन उपभोगको विषयलाई लिएर एक भट्ट परिवारविच बेला बेलामा कुटपिट तथा विवाद हुँदै आएको छ । बेलडाँडी गाँउपालिका २ चवन्नी बजारमा रहेको आफ्नो जमिनमा जाँदा ठुलबाबु कृष्णदत्त भट्ट सहितले आफुहरुमाथि कुटपिट गरेको भन्दै कृष्णदत्तका कान्छा भाई लक्ष्मीदत्त भट्टका छोराहरु हरिसराज÷सुरेशले दुखेसो पोखेका छन । उनीहरुले वडा, स्थानीय, प्रदेश देखि केन्द्र सरकारी निकायमा जाँदा समेत कुटपिट गर्नेमाथि कार्बाही नभएको बताए । बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै हरिशराज÷सुरेशले आफुहरुमाथि कुटपिट गर्ने कृष्णदत्त भट्ट, शुनिल भट्ट, दिपक भट्ट, पार्वती, बासुदेवी र गंगादेवीमाथि कार्बाही गर्न बेलडाँडी प्रहरीले आलटाल गरिएको दुखेसो पोखेका छन । हरिसराज÷सुरेशले आफ्नो जमिन र घर उपभोग गर्दा दादागिरीशैलीमा ठुलबाबु कृष्णदत्तले ग्याङ पठाएर दाजु दिनेशमाथि गत बर्ष कुटपिट गरेर यस बर्ष आफुहरुमाथि कुटपिट गरेको बताएका छन । उनीहरुले ज्यान लिने हिसाबले आफ्नै जमिन घर अगाडी कुटपिट हुँदा समेत प्रहरीले दोषिमाथि कार्बाही नगरेको बताएका छन । गत साउनमा कुटपिट भएको घटना दुई महिना वितिसक्दा पनि प्रहरीले कुटपिटमा संलग्नमाथि कार्बाही नचलाएको बताएका छन । ‘सबै सबै निकायमा पुगिसके, तर न्याय पाएका छैनौँ, ‘उनले भने, ‘बाबुको पैतिक सम्पतीमा ठुलाबाबुको राज गरिरहेका छन ।’ कुटपिट घटनालाई उनीहरुले ईप्रका बेलडाँडीमा अभ्रद अन्र्तरगत दायर गरेका थिए । ईलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज रविन्द्र कठायतले कुटपिटमा संलग्न कृष्ण र शुशिल माथि कार्बाही चलाएर १०÷१०हजार धरौटीमा रिहा भएको बताए । उनले दिपक फरार रहेकाले खोजि कार्य भईरहेको र अन्य जेष्ठ नागरिक र गर्भवती भएकाले उक्त सम्वेदनशिलतालाई मध्य नजर गर्दै आवश्यक परेका बखत ल्याईने बताए । दुवै परिवार विच जमिनको विवादले एक आपसमा कुटपिट गर्ने अनि दोषभरी प्रहरीलाई दिएको उनको दुखेसो छ ।

प्रतिक्रिया दिनुस