कञ्चनपुर भाद्र २६ । अखिल क्रान्तिकारी कञ्चनपुरको १७औँ जिल्ला जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेकपा विप्लव निकट रहेको अखिल क्रान्तिकारी कञ्चनपुरको १७औँ जिल्ला सम्मेलन भव्यरुपमा सनिवार सम्पन्न भएको हो । 

१७औँ जिल्ला सम्मेलनबाट  जिल्ला अध्यक्षमा विद्यार्थी नेता टेकेन्द्र प्रशाद पाठक चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको क्रान्तिकारी कञ्चनपुरको १७औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा विद्यार्थी नेता पाठक चयन भएका हुन ।


अखिल क्रान्तिकारी कञ्चनपुरका  सह सचिव हरि सिह ऐरीका अनुसार पाठक नेतृत्वमा ३५ सदस्सीय क्रान्तिकारी जिल्ला कार्य समिति चयन गरिएको छ । उपाध्यक्ष भरत विक, सचिव अर्जुन विक, सह सचिव हरिस सिह ऐरी, कोषाध्यक्ष अनिल घडेरी चयन भएका छन । सदस्य तर्फ पुजा धामी, लक्ष्मी शाह, कुमुम जोशी, हरिस पन्त, दिपेन्द्र नाथ सहितका सदस्य रहेका छन । अखिल क्रान्तिकारी कञ्चनजपुरका अध्यक्ष टेकेन्द्र पाठकले संगठनले दिएको जिम्मेबारीका साथै शैक्षिक विकृत बिसङगती बिरुद्ध संघर्ष गर्दै आम विद्यार्थीको हक अधिकारका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । 

प्रतिक्रिया दिनुस