कञ्चनपुर भाद्र २९।   बैतडीको पाटन नगरपालिका ८ झाैलेखमा गुडीरहेको बसमाथीबाट  खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बझाङ  गइरहेको सुप २००१ ख ११५६ नम्बरको बसमाथि भिरबाट ढुङ्गा खस्दा खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ८ स्थित झौलेक मोडमा गएराती एक जनाको मृत्यु भएको हो

घटनामा बझाङको थलारा गाउँपालिकाका अन्ताजी २० वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङकै जयपृथ्वी नगरपालिकाका ४० वर्षीय हरी प्रशाद जोशी, ३६ वर्षीय नवराज खड्का र बस साहु समेत रहेका धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय माधव प्रशाद खड्का घाइते भएका छन् । घाइतेहरुलाई उपचारकालागि डडेल्धुरा अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुस