पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को विषयमा बहस आवश्यक नरहेको बताए । उनले एमसिसिका विषयमा राज्यको स्पष्ट नीति हुनुपर्ने बताउँदै नेपाल सरकारको विदेशी सहयोग बन्द गर्ने नीति नभएकाले एमसिसीको विरोध आवश्यक नरहेको बताए ।

मंगलबार जसपाको सुज अभियान उद्घाटनका लागि सिन्धुलीमाढी आएका भट्राईले पत्रकारसँग बोल्दै नेपालकै चाहनामा एमसिसि संसदबाट पास गर्ने नीति लिएकाले विवादको कुनै आवश्यकता नभएको बताए । उनले राष्ट्रिय सहमति गरेर मात्र एमसिसि पास गर्नुपर्नेमा समेत जोड दिएका छन । नेपालका ठूला दलहरुको सहमतिमा एमसिसि पास हुने समेत उनको दावी थियो ।

एमसिसि नेपालमा आफु प्रधानमन्त्री भएदेखि सुरु भएको बताउँदै आफु पछिका सबै प्रधानमन्त्रीले स्वीकार गरेको परियोजना भएको समेत उनको भनाई छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले गरेको संसद अवरुद्धलाई वेवास्ता गर्दै संविधानको उपलब्धिको रक्षार्थ पुरै कार्यकाल संसद चलाउनुपर्नेमा जोड समेत दिए । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको जसपाबीच पार्टी एकताका बारेमा पत्रकारहरुले गरेको प्रश्नमा भट्टराईले ऐजेन्डा मिल्नेसँग सहकार्य र एकता हुने बताएका छन ।

‘सुशासन, समृद्धि हुदै समाजवादको एजेन्डा मिल्नेसँग पार्टी एकता हुन्छ’ भट्राईले भनेका छन । जसपाले देशभर सञ्चालन हुने गरि संगठन सुदृढीकरण तथा जनजागरण अभियानको मंगलबार सिन्धुलीमा उद्घाटन गरेको छ ।

प्रतिक्रिया दिनुस