महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे ३ बजेतिर साथीहरुसँगै बन्धातालमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका–३ खिरिया घर भएका जीतबहादुर चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

बन्धातालमा पौडिने क्रममा युवक बेपत्ता भएका थिए। युवक बेपत्ता भएको खबरपछि खोजीका लागि बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्का र टेडुवा प्रहरी पोष्टका असईको कमाण्डमा खटिएको प्रहरी टोलीले करिब दुई घण्टापछि शव फेला पारेको थियो । मृतक चौधरीको शव पोष्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरी पठाइएको छ। घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

चार वर्षदेखि सशस्त्र प्रहरीको जवान पदमा कार्यरत चौधरी हाल कञ्चनपुरको झलारीस्थित ३५ नम्बर गण शैलेश्वरीमा थिए।

प्रतिक्रिया दिनुस