
बाजुराः नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई गृहजिल्ला बाजुरामा कालो झण्डा देखाइएको छ। उनलाई काँग्रेसकै कार्यकर्तालाले शनिबार कालो झण्डा देखाएर विरोध जनाएका हुन्। नेपाली काँग्रेस बाजुराको पार्टी कार्यालय भवन भित्र बैठक चलिरहेका बेला देउवा पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्। केन्द्रीय सदस्य पाण्डेले क्रियाशील सदस्यता काटेको भन्दै उनीहरुले नाराबाजीसहित विरोध जनाएका थिए।
शनिबार बाजुरा पुगेका पाण्डेलाई पार्टी कार्यालयमा काँग्रेस बाजुराको बैठक बसिरहेका बेला कार्यकर्ताले ज्ञापनपत्रसमेत बुझाएका थिए। ज्ञापनपत्र बुझाएलगत्तै उनीहरुले कालो झण्डा देखाएर विरोध गरेका हुन्। पाण्डेमाथि गुटबन्दी गर्दै देउवापक्षका कार्यकर्ताको क्रियाशील नवीकरण र नयाँ सदस्यता काटिदिएको आरोप छ । क्रियाशीलता सदस्य सार्वजनिक नहुँदा रोकिएको बाजुरामा यही असोज ५ गते वडा अधिवेशन हुँदैछ


 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    