महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी देखी अत्तरिया सम्मको पुर्वपश्चिम राजमार्गका विभिन्न स्थानको सडक चारलेनमा विस्तार गरिने भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरले साढे ८ करोडको लागतमा पूर्वपश्चिम राजमार्ग ४ लेनमा बिस्तार गर्न ठेक्का सम्झौता गरिएको जनाएको हो ।

अत्तरियादेखि भासीसम्मको सडक विस्तार र मर्मतका लागि ८ करोड ५० लाख ७० हजारमा कुमार जोशी जेभीसँग ठेक्का सम्झौता गरिएको छ। तर सडक बिस्तारको काम भने सुरु हुन सकेको छैन् । जेभीले अत्तरिया, गुलरिया, झलारी, वाणी तथा शहरी र बढी दुर्घटना हुने २ दशमलव ४ किलोमिटर क्षेत्रमा तीन दशमलव ५ मिटर दाँया र तीन दशमलव ५ मिट बाँया सडक बिस्तार गर्नेछ। निर्माण व्यवसायी गणेश जोशीले सडक निर्माणको काम सुरु गरेको बताए। उनले भने, ‘केही क्षेत्रमा चार लेनको निर्माण गर्नुछ। केही क्षेत्रमा मर्मत पनि छ।’

सडक डिभिजन कार्यालयका अनुसार सहरी र दुर्घटनाग्रस्त क्षेत्रमा चार लेनको सडक बनाइने छ। ट्राफिक जाम हुने शहरी तथा बजार क्षेत्र, बढी दुर्घटना हुने क्षेत्रमा पूर्वपश्चिम राजमार्ग चार लेनमा विस्तार हुने सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मी जोशीले बताए।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का सम्झौता गर्दा बचेको रकमबाट पुनः दुई ठेक्का सम्झौता पनि गरेको छ। भासीदेखि दैजीसम्मको सडक बिस्तार, मर्मत तथा शिवमन्दीर–बसपार्क क्षेत्रमा फुटपातसमेत निर्माणका लागि सलाम निर्माण सेवासँग ९५ लाख ६० हजारमा एक दशमलव २ किलोमिटर सडक विस्तारको सम्झौता भएको हो। उक्त क्षेत्रमा निर्माण कम्पनीले सडक बिस्तारको काम सुरु गरेको सूचना अधिकारी जोशीले बताए।

 

प्रतिक्रिया दिनुस