कञ्चनपुर असोज ६ ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको निर्णय पुस्तिका च्यातिएको छ । शुक्लाफाँटा नगरपालिका  वडा नं-८ का वडाध्यक्ष बहादुरसिंह महराले कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातेका छन् । ढुंगा गिट्टी को रोयल्टी बिषयमा विवाद हुँदा नगरपालिकाको निर्णय पुस्तिका च्यातिएको हो ।

बुधबार नगरको सभाहलमा ११४ औं कार्यपालिका बैठक बसेको अवस्थामा ११ बजेतिर उनले उक्त निर्णय पुस्तिका (माइन्युट बुक) च्यातेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ ।

शुक्लाफाँटा  नगरपालिकामा हुने शोषण, दमन, अत्याचार, भ्रष्टाचार, अनियमितता र विभेदकारी नीतिविरुद्ध पटकपटक लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि नगर कार्यपालिका जिम्मेवार नभएपछि अन्तिम चेतावनी स्वरूप कार्यपालिकाको निर्णय पुस्तिका च्यातिएको वार्ड अध्यक्ष महराले बताएका छन् । उनले भनेका छन् यस कदमलाई कमजोरी सम्झी पुन: हर्कत दोहोरिए थप संघर्षमा उत्रिन बाध्य हुने बताए ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं -५ का वडाध्यक्ष कमलराज गिरीले वैठक सुचारु हुनुपुर्व नै बैठकको निर्णय पुस्तिक (माइन्युट) वडाध्यक्षले च्यातेको बताए । यस्तै उनले रसिद दिएर वडाले रोयल्टी काट्नुपर्ने वडाध्यक्षको मागमा नगरले टेन्डर प्रक्रियमार्फत जानुपर्ने भनेपछि यस्तो भएको बताए ।शुक्लाफाँटा नगरपालिकाले वडाध्यक्षको उक्त शैलीलाई व्यक्तिगत दम्भ तथा अराजक शैली भएको बताए।

निर्णय पुस्तिका हुनुपर्ने मा निर्माण पुस्तिका भएकोमा  क्षमा प्रार्थी छौं।

 

 

 

 

प्रतिक्रिया दिनुस