महेन्द्रनगर । डडेल्धुरामा भाउजु नाता पर्ने महिलाको सहयोगमा १३ वर्षीय बालिकामाथी सामुहिक बलात्कार भएको छ । असोज ५ गते राति भाउजुनाता पर्ने महिलाले आफुसँगै सुत्न बोलाएकी १३ वर्षीया बालिकामाथी सामुहिक बलात्कार भएको डडेल्धुरा प्रहरीले जानकारी दिएको हो ।

दार्चुलाको नौगाढ गाउँपालिकाकी भाउजुनाता पर्ने २५ वर्षीय ति महिलाले बालिकालाई आफुसँगै सुत्नबोलाएको र दार्चुलाकै नौगाढ –५ का २७ वर्षीय जगदिश धामीलाई बलात्कार गर्नसघाएको प्रहरीको भनाई छ । उक्त घटना बाहिर नभन्ने शर्तमा बालिकालाई पाँच सय रुपैँया समेत दिएको पाइएको प्रहरीले जनाएको छ ।

सो बलात्कारमा परशुराम नगरपालिका –१० का २३ वर्षीय रमेश ठगुन्ना पनि संलग्न रहेको प्रहरीले जनाएको छ । तर गाउँमा हल्ला व्यापक भएपछि घटना बाहिर आएलगत्तै उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुशन्धान भइरहेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । बलात्कारमा सघाउने २५ वर्षीय महिलाका श्रीमान रोजगारीको सिलसिलमा भारतमा रहेको बुझिएको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुस