महेन्द्रनगर । कञ्चनपुरको ब्रम्हदेवमा भारतिय पक्षले कल्र्भट निर्माणमा गरेको अवरोधको नेकपा (क्रान्तिकारी माओवादी)ले खेद प्रकट गरेको छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवको सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजारसम्म बनाउन लागिएको सडक कालोपत्रेअन्तर्गत नालामा कल्भर्ट बनाउन खोज्दा भारतिय एसएसबीले अवरोध जनाएपछि सात महिनादेखि कल्भट निर्माण अवरुद्ध छ । निर्माण रोक्न दुईजना एसएसबीका जवानलाई खटाइने गरिएको छ ।

यसैबिच पटक–पटक नेपाली भूमीमा कब्जा जमाउदै आएको भारतीय एसएसबीको ज्यादती विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)ले सरकारलाई तत्काल समस्या समाधान गर्न चेतावनी दिएको छ । शनिबार नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी कैलाश जैशी द्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली भूमीमा रहेको नालामा कल्र्भट निर्माण गर्दा भारतिय पक्ष बाट दश गजा क्षेत्रमा पर्ने भन्दै अनावश्यक विवाद खडा गरी निर्माण कार्यमा गरिएको अवरोध प्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘आफ्नै भूमी रहेको ठाउँमा समेत कल्र्भट निर्माण गर्न नपाउनु निकै दुःखद् कुरा हो ।’

साथै राष्ट्रिय स्वाधिनता सँग जोडिएको विषयमा नेपाल सरकारले तत्काल कुटनितिक पहल गरि तुरुन्तै समस्या समाधान गर्न चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा–तुरुन्तै सुरक्षाकर्मी खटाएर ब्रम्हदेव बजारमा रहेको पश्चिमपट्टि खोलाको निर्माण कार्य तत्काल सुचारु गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुर सँग पनी माग गरिएको छ ।

 

No description available.

प्रतिक्रिया दिनुस