-भुवन भट्ट,महेन्द्रनगर–महेन्द्रनगर बजारबाट शनिबार बिहान प्रहरीले झण्डै ७ कुण्डल मंदिरमा चढाइएका घण्ट बरामद गर्यो । ‘पुराना घण्टहरु घोटेर नयाँ बनाउदै बेचिने गरेको’ भन्ने सूचना पछि कञ्चनपुर प्रहरीले महेन्द्रनगर बजारको गल्लिनम्बर १ स्थित ठकुराटी भाडावर्तन पसलबाट साढे ६ क्विंटल घण्ट बरामद गरेको थियो ।

तर थप बुझ्दै जादा व्यापारीले कतै बाट चोरेर ल्याई नयाँ बनाएर बेच्ने गरेको भन्ने नरहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक÷प्रवक्ता सिद्धराज न्यौपानेले बताए ।  डिएसपी न्यौपानेले धार्मिक आस्थावानहरुले नाम उल्लेख गरी देवीदेवताको मठमा चढाइएका ति घण्टहरु सुरक्षीत सजाइएका हुनुपर्नेमा छापा मार्ने क्रममा पदम ठकुराटीको पसलमा भेटिएपछि बरामद गरीएको जानकारी दिए ।
तर उक्त घण्टहरु महेन्द्रनगर स्थित सिद्धनाथ मंदिर व्यवस्थापन समितीले गुपचुपमा निर्णय गर्दे व्यापारी कहाँ बेचेको भन्ने जानकारी संकलन गर्न सकिएको प्रहरीले जनाएको छ ।

तर मंदिर व्यवस्थापन समितीले नै उक्त घण्टहरु बेचेको पाइएपछि बरामद गरिएका ति घण्ट कहाँ पु¥याउने भन्ने प्रहरीलाई चिन्ताको विषय बनेको छ । सार्वजनिक महत्वको विषय भएकाले मंदिरलाई नै पठाउनु पर्ने अवस्था देखीएको डिएसपी न्यौपानले बताए ।
तर मंदिरमा चढाइएका ति घण्टका पिडित पक्ष हाजिर नभएकाले अहिले केही गर्न सकिने अवस्था भने नरहेको उनले जनाए। उनले थपे,–‘ति घण्टहरुले वैद्यता प्राप्त गरे सम्बन्धीत व्यापारी कहाँ नै पु¥याउनु पर्ने अवस्था पनी नआउला भन्न सकिन्न।’

तर पुरातात्विक सम्पत्तिको रुपमा रहने घण्टहरु धार्मिक आस्था र विश्वास सँग जोडिएका छन् । तिनको संरक्षण गर्नु सबैको दायीत्व हो । घण्टहरुको सुरक्षा र उचित व्यवस्थापन गरिनुपर्ने कतिपय धार्मिक आस्थावानहरू बताउँछन्।

यता सिद्धनाथ मंदिर व्यवस्थापन समितीले भने पुराना करिब ७ कुन्टल घण्ट बिक्री गरीएको स्विकार गरेको छ । अध्यक्ष हिक्मद सिह भण्डारीले साधारण सभाबाट निर्णय गर्दे उक्त घण्टहरु ३ लाख ६६ हजार ४ सय १० रुपैयामा बेचिएको जनाए । तर प्रहरीले बरामद गरेका व्यापारी पदम ठकुराटीलाई भने नबेचिएको उनले जिकिर गरे । उनले भने,–‘ केही दिन अघि मात्रै निर्णय गरी समितीले कवाडी गुड्डु अन्सारीलाई उक्त परिमाणका घण्टहरु बिक्रि गरेको थियो।’

उनले भने,–‘मंदिर चलेकै पुराना घण्ट बिक्रि गरेर हो।’ मंदिरको हित, फाइदाका लागी नै घण्टहरु बिक्रि गर्ने गरेका उनले बताए ।

तर बरामद घण्टहरु भने सिद्धनाथ मंदिरकै रहेको अध्यक्ष भण्डारीले स्विकारे । घण्टहरु बिक्रीगरेको बाहिर आएपछि मन्दिर व्यवस्थापन समितीले आइतबार बिहान बैठक डाक्ने निधो गरेको छ । अध्यक्ष भण्डारीले उक्त घण्टहरु प्रहरीले बरामद गरिसकेकाले आफुहरुले नै बिक्रि गरेको आधिकारीक प्रमाण जुटाउन बैठक डाकिएको जानकारी दिए । तर उक्त घण्टहरु मंदिरमै पुर्याएर मंदिरको शोभा बढाइनुपर्ने कतिपय धार्मिक आस्थावानहरुको तर्क छ ।

प्रतिक्रिया दिनुस