कञ्चनपुर महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा चढाईएका घण्टी एक पसलमा भेटिएका छन । धार्मिक आस्थावान श्रद्धालुभक्तजनले मन्दिरमा चढाएका घण्टी भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको ठकुराठी भाडा वर्तन पसलमा भेटिएका हुन । शनिबार कञ्चनपुर प्रहरीले गल्ली नम्बर १ मा रहेको ठकुराठी भाडा वर्तन पसलमा छापा मारेको थियो । उक्त पसलबाट सिद्धनाथ मन्दिरमा चढाईएका घण्टी बरामद गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए । उनका अनुसार मदिरमा चढाईएका ६ सय ६१ किलोघण्टी बरामद गरेर अनुसन्धान भईरहेको बताए ।

 

पसलमा भेटिएका घण्टी कसैले चोरेर उक्त भाँडा वर्तन पसलमा बेचेको वा अन्य कुनै कारण बारे अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले बताए । ‘मन्दिरमा चढाईएका घण्टी पसलमा फेला परेको प्रकरण बारे अनुसन्धान गरिरहेका छौँ, ‘उनले भने, ‘मन्दिर समितिले बेचेको हो, वा कुनै गिरोहले चोरेर पसलमा बेचेको हो, सो बारे अनुसन्धान गछौँ ।’ प्रहरीले उक्त पसलमा मन्दिरमा चढाईएका घण्टी मर्मत गरेर नयाँ बनाएर बेच्ने प्रयोजनका लागि बेच्न प्रयोग गरेको भन्दै बरामद गरेको जनाएको छ ।

 

पसल संचालकले भने उक्त घण्टी कानुन अनुरुप खरिद गरेको बताएका छन । भने, कानुन अनुरुप खरिद गरेको समानमा प्रहरीले छापा नै हानेर बरामद गरेको विषयमा थप आंशका उत्पन्न गराएको छ । प्रहरीले पदम कोली र धनीराम टमाटालाई पक्राउ गरेको छ । धार्मिक आस्थावानका लागि हिन्दुधर्मालम्बीहरुले चढाएका घण्टी यसरी बेच्ने काम समेत धर्मका नाममा लुट भन्दै स्थानीयले बिरोध गरेका छन । उक्त प्रकरणबारे गम्भिर ढङगबाट छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

प्रतिक्रिया दिनुस