महेन्द्रनगर । न्युनतम पारिश्रमीक उपलब्ध नगराइएको भन्दै डडेल्धुरामा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । जिल्लाको आलिताल गाउँपालिकाले संघिय सरकारले शिक्षक कर्मचारीका लागी ल्याएको न्युनतम पारिश्रमीक कार्यक्रम लागुनगरेको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा ७ हजार थप हुने गरी लागु गरिएको न्युनतम पारिश्रमीक कार्यक्रम गाउँपालिकाले बजेटमा नै समावेश नगरेको वडा नम्बर ६ दोबाटा स्थित सिद्ध भगवती मावि का लेखापाल चन्द्र बहादुर कुवरले बताए ।

चालु आर्थिक वर्षमा उक्त कार्यक्रम लागु भइसक्नु पर्नेमा गाउँपालिका जिम्मेवार नभएकाले आफुहरु आन्दोलीत भएको उनले जनाए । उनले भने,–‘पटक–पटक आफुहरुले न्युनतम पारिश्रमीक पाउनुपर्ने भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएका छौँ , कुनै सुनुवाई नभएपछि सशक्त आन्दोलनमा उत्रने निर्णय गरिएको छ ।’

सोमबार आलिताल गाउँपालिकाका सम्पुर्ण सामुदायीक विद्यालयका शिक्षकहरुले न्युनतम पारिश्रमीक उपलब्ध गराइनुपर्ने माग सहित गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

No description available.

ज्ञापन पत्रमा भनिएको छ,–‘ चालु आर्थिक वर्षको बजेट तथा निती कार्यक्रममा घोषणा भए बमोजिमको पारिश्रमीक हाल आएर कार्यक्रमको चरणमा आलिताल गाउँपालिकाले कुनै किसीमको निर्णय नगरेको हुँदा संघर्ष समिती र नेपाल शिक्षक महासंघको संयुक्त सहकार्यमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।’

साथै ज्ञापन पत्रमा–आफुहरुका माग ३ दिन भित्र सम्वोधन नभए शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।
असोज १५ गते सम्पुर्ण विद्यालयमा तालाबन्दी गर्ने, मागहरु सम्बोधन नभएमा असोज १७ गते गाउँपालिका घेराउ गर्ने र तब पनी माग सम्बोधन नभए थप आन्दालनका कार्यक्रम तय गरिने संघर्ष समिती र नेपाल शिक्षक महासंघले जनाएका छन् ।

No description available.

No description available.

प्रतिक्रिया दिनुस