कञ्चनपुर असोज ११ । डडेल्धुराको आलिताल गाँउपालिका सामुदायिक विद्यालयका कर्मचारी र बाल विकासका शिक्षक आन्दोलित भएका छन । चालु आर्थिक बर्षमा संघ सरकारले विद्यालय कर्मचारीका लागि मासिक घोषणा गरेको तलब दिन आनाकानी गरेको बिरुद्धमा विद्यालय कर्मचारी र बाल विकासका शिक्षक गाँउपालिका बिरुद्धमा आन्दोलित भएका हुन ।

संघ सरकारले विद्यालय कर्मचारीलाई संघबाट ८ हजार र पालिकाबाट ७ हजारका दरले महिनाको १५ हजारका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेपनि उक्त पालिकाका जनप्रतिनिधी कर्मचारीले सामुदायिक विद्यालयका कर्मचारी र बाल विकासका शिक्षकमाथि अन्याय गरेको बिरुद्धमा आन्दोलन शुरुवात गरेका हुन ।

सोमबार पालिकालाई ज्ञापन पत्र र धर्ना दिएका विद्यालय कर्मचारी र बाल विकासका शिक्षकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । सिद्धभगवती माविका लेखापाल(विद्यालय कर्मचारी) चन्द्र बहादुर कुँवरले संघ सरकारले गरेको निर्णय कार्यान्वयनमा पालिका उदाशिन देखिएकाले चरणबद्ध आन्दोलनमा उत्रिनु परेको बताए ।

उनका अनुसार १५ असोजमा गाँउपालिका भरीका विद्यालय तालाबन्दी गर्ने, १७ असोजमा गाँउपालिका घेराउ, सो अवधिसम्मपनि माग पुरा नगरे १८असोजमा बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए । कमिसन खान र जनताबाट भोट माग्ने बेलामा माग्ने शिक्षक कर्मचारीको पिरमर्का नबुझ्ने संघ सरकारको निर्णय कार्यान्वयन नगर्ने पालिका बिरुद्धमा शसक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस