महेन्द्रनगर । धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा उपचारत कोरोना संक्रमित कञ्चनपुरका एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ का ८४ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशीक अस्पतालले बताएको छ । यस सँगै कञ्चनपुरमा १ सय १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कञ्चनपुरमा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भीमदत्तनगरपालिकामा ३ जना, सुक्लाफाँटा र बेलौरी नगरपालिकामा २–२ जना लालझाँडी गाउँपालिकामा ४ जना, कृष्णपुर र बेतकोट नगरपालिकामा १–१ जना गरि १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुस