महेन्द्रनगर । ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा कञ्चनपुरमा जेष्ठ नागरिकलाई सम्मानित गरिएको छ । ‘‘ सबै उमेर समूहका लागी विद्युतिय प्रविधिको प्रयोगमा समानता’’ भन्ने नाराका साथ महिला वृद्ध सेवा केन्द्र तथा जेष्ठ नागरिक जिल्ला संघ कञ्चनपुरले ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवस मनाएको हो ।

No description available.
सुक्रबार विहान महेन्द्रनगर स्थित महिला वृद्ध सेवा केन्द्र बनखेत देखी प्रहरी गुल्म सम्म प्रभातफेरि पनि निकालिएको थियो ।
दिवसको अवसर पारी सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले ६५ वृद्धवृद्धाहरुलाई लुगाकपडा वितरण गरेको महिला वृद्ध सेवा केन्दका अध्यक्ष सारदा चन्दले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुस