महेन्द्रनगर । कञ्चनपुरमा चाडपर्व लक्षीत “विशेष सूरक्षा योजना” लागु गरिएको छ । सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै आएको हो । नेपालीहरुको महान चाड विजया दशै र तिहारलाई मध्यनजर गर्दे सोमबार देखी विषेश सुरक्षा योजना लागु गरिएको प्रहरीले जानकारी दिएको छ ।
चाडपर्वमा विषेशतः मदिरा, जुवातास र विष्फोटक पदार्थहरुको प्रयोगलाई निरुत्साहित पार्न चाडपर्व लक्षीत सूरक्षा योजना लागु गरिएको प्रहरी प्रवक्ता, डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । विषेश गरि सिमानाका क्षेत्रबाट विष्फोटक पदार्थ भित्र्र्याउन सक्ने भन्दै नाकामा कुकुर परिचालन समेत गरिएको उनले जनाए ।
चाडपर्वमा शान्त र सौहार्द पुर्ण अवस्था कायम राख्नका लागी प्रदेशबाट पनि थप सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी न्यौपानेले जानकारी दिए । नेपाल सरकार गृहमन्त्रालय, प्रदेश प्रहरी र जिल्ला प्रशासन कार्यालयले लागू गरेको योजना अनुसार जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्षेत्र विभाजन गरेर प्रहरीको चेक प्वाइन्ट, क्वीक रेस्पोन्स टिम, सरप्राइज चेकिङ टिममार्फत सुरक्षा प्रदान र चेकजाँच भइरहेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए । यसैगरी, शादा पोशाकका प्रहरी, मोबाइल टिम पनि परिचालन गरिएको उनले जनाए ।
यसैगरी, अपराधीमाथि प्रहरीले आकाशबाटसमेत निगरानी गर्ने भएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाका लागि सुरक्षाका अन्य निकायसंग पनि समन्वय हुने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, ट्राफिक र नेपाल प्रहरी संयुक्त रुपमा नियमित चेकजाँच भइरहेको, लामो दूरीमा चल्ने सवारी साधनका चालकका लागि रिफ्रेस सेन्टर निर्माण गरेको ट्राफिक प्रहरीकार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए । विभिन्न ठाउँमा यात्रुहरु समस्यामा पर्न सक्ने अवस्थालाई मध्यनजर गरेर विशेष सुरक्षा अन्तर्गत विभिन्न ठाउँमा यात्रु सहायता कक्षपति रहने उनले बताए ।
महेन्द्रनगर बसपार्कमा नागरिक सहायता कक्ष स्थापना, दुर्घटना न्युनिकरणका लागि यातायात व्यवसायीसँग छलफल, बढी यात्रु राख्न नपाइने गरि प्रहरी परिचालन र जथाभावी भाडा असल्न नपाइने गरि निगरानी बढाइएको ट्राफिक प्रहरी प्रमुख भट्टले जानकारी दिए ।