महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट १४ वर्षीया किशोरीको उद्धार गरिएको छ। बझाङको दुर्गाथली गाउँपालिका–२ का करिब ३२ वर्षीय मदन सार्कीले भारततर्फ लैजाँदै गरेका किशोरीको नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो। किशोरीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीको समन्वयमा शान्ति पुनर्स्थापना केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए।

किशोरी बझाङको छविसपाथिभेरा गाउँपालिका–३ की रहेको उनले जानकारी दिए। सार्कीलाई पनि नियन्त्रणमा लिएर पुनर्स्थापन केन्द्रमा बुझाइएको छ। यसैबीच, सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका–४ आनन्दबजारबाट दुई जनालाई लागु औषध खैरो हेरोइनसहित नियन्त्रणमा लिएको छ। से २ प २३९१ नम्बरको मोटरसाइलमा सवार कैलालीको गौरीगंगा नगरपालिका–३ का १८ वर्षीय निर्मल औजी र गोदावरी नगरपालिका–१ अत्तरियाका १९ वर्षीय वीरेन्द्र सिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरुकोसाथबाट एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ। मोटरसाईल सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।

प्रतिक्रिया दिनुस