महेन्द्रनगर । .सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले प्रहरी संगठनलाई इमान्दारिता र व्यवसायिक क्षमता प्रर्दशन गर्न आग्रह गरेका छन् । बुधबार ६६ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गरे ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै मुख्यमन्त्री भट्टले क्षेत्रीय सन्तुलन र जातीय विभेद अन्त्य गर्न प्रहरीले महत्वपूर्ण काम गरिरहेको धारणा राखे । ‘हिजोका दिनमा जसरी सफलता हासिल गरेर नेपाल प्रहरी यहाँ आईपुगेको छ,त्यसरी नै आगामी दिनमा पनि अझ उच्च मनोबल सहित अगाडी बढ्न सकोस्,’ उनले भने । सुदूरपश्चिम प्रदेशमा समायोज भएर आउने प्रहरीको समग्र भविष्यको निमार्णको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । यस्तै उनले यहाँका सहिद परिवारहरुलाई प्रदेश सरकारले गर्ने सहयोगमा सरकार तत्पर रहेको बताए ।

यस्तै सोही कार्यक्रलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले निर्मला पन्त र अस्मिता धामीले न्याय पाउनुपर्ने बताएकी छिन ।उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र डडेल्धुराकी अस्मिता धामीले न्याय पाउनुपर्ने बताएकी हुन् । ‘कञ्चनपुरकी निर्मला सवा २ वर्ष र डडेल्धुराकी अस्मिता मृत्यु प्रकरणको लगभग ६ महिना पुगे पनि अझै अनुसन्धानको नतिजा आउन बाँकी छ उनले भनिन् अपराध अनुसन्धानमा हुने ढिलाइले समाजमा थप अपराधका घटना बढ्ने र अपराधिको मनोबल बढ्दै गएर समाजमा शान्ती सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क हुन जरुरी छ।

सो कार्यमा प्रहरीलाई छिट्टै सफलता मिलोस शुभकामना छ,’ उनले भनिन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ६६ औं प्रहरीको अवसरमा सहादत प्राप्त गर्ने प्रहरी परिवार र प्रहरी संगठनलाई सहयोग र्पुयाउने विभिन्न ब्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको गरेको छ । कर्तव्य पालनाको सिलसिलामा गत बर्ष कार्तिक १ गते धनगढी १२ जुगेडा प्रहरी चौकीबाट राति ८ बजे डिउटीमा निस्केको बेला आपराधिक समुहको आक्रमणमा परि सहादत प्राप्त गर्ने प्रहरी सहायक निरीक्षक ९असई० गोबिन्द बिककी श्रीमती पुजा बिक र प्रहरी जवान रामबहादुर साँउदकी श्रीमती खिमा लामा साउदलाई सम्मान गरिएको थियो । उनिहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी र सुदूरपश्चिम प्रदेश प्रहरी महिला संघकी अध्यक्ष पुष्पा कांडेलले सम्मान तथा प्रशंसा पत्र बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुस