महेन्द्रनगर । कञ्चनपुरमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा भीमदत्त नगरपालिकामा ३ जना, बेलौरी नगरपालिकामा २ जना र दोधाराचादनी नगरपालिकाका १ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै जिल्लामा कोरोना भाइरसको दोस्रो लहरका बिच हालसम्म ८ हजार ७ सय ३२ जनामा कोरोना पोजेटिभ देखीएको छ भने ८ हजार ३ सय ९९ जना संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालयकी कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन् । हाल १ सय १६ जना होम आइसुलेसनमा रहेका उनले जनाइन् । हालसम्म १ सय ९५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुस