बैतडी । बैतडीको मेलौली नगरपालिका वडा नम्बर १ का महिला वडा सदस्यको निधन भएको छ । केही दिनदेखि बिरामी रहेकी वडा सदस्य द्रोपती चन्दको उपचारको क्रममा शुक्रबार महेन्द्रनगरमा निधन भएको मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए।

चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका १ मा नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी भएकी थिइन् । ५५ वर्षीय चन्द मुटु सम्बन्धी समस्याबाट ग्रसित थिइन् ।

प्रतिक्रिया दिनुस