महेन्द्रनगर । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै महाकाली अस्पतालमा स्थानियले प्रर्दशन गरेका छन् । बेदकोट नगरपालिका–९ की महिलाको शल्यक्रियाको लापरबाही तरिकाले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले महेन्द्रनगर स्थित महाकाली अस्पतालमा तोडफोड गर्दे आन्दोलीत भएका छन् ।

प्रसूति गराउन शुक्रबार दिउँसो अस्पताल पुगेकी उनको रातिनै मृत्यु भएको आफन्तले जनाएका छन् । उनीहरुका अनुसार चिकित्सकले लापरबाही गरेका कारण उनको मृत्यु भएको छ । चिकित्सकको लापरबाहीले मत्यु भएको भन्दै आफन्तले कार्वाहीको माग गर्दे विरोध जनाएका छन् ।

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रेका आफन्तले शव पनि उठाएका छैनन् । लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरेसम्म शव नउठाउने मृतक पक्षको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रहरी प्रवक्ता सिद्धराज न्यौँपानेले अस्पतालमा प्रहरी तैनाथ गरि प्रर्दशन सान्त पार्न खोजिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुस