अछाम । जन्ती गएर फर्किरहेको बोलेरो जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । अछामको पन्चदेवल बिनायक नगरपालिका १ कुइकामा आईतबार राती पौने ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको हो । से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका –२ का १४ बर्षिय जीवन न्यौपाने, १८ बर्षीय सर्प बोहरा र वडा नम्बर–३ का १७ बर्षीय जीवन जैसी रहेको प्रहरीले जनाएको छ । गाडी चालकसहित १६ जना घाइते मध्ये १४ जनाको मंगलसेनस्थित जिल्ला अस्पतालमा उपचार भैरहेको छ । दुईजनालाई नेपालगन्ज लगिएको छ ।

प्रतिक्रिया दिनुस