बैतडी-असोज २८/ बैतडीको पाटन नगरपालिका ६ स्थित उदयदेव मन्दिरमा जात्रा सम्पन्न भएको छ । प्रत्येक बर्ष दशैको उपलक्ष्यमा आश्विन नवमीका दिन लाग्ने मेला बिहिवार सम्पन्न भएको हो । यो बर्षको जात्रामा ३६ रांगाको बली चढाईएको स्थानिय एंबम पत्रकार बशन्त बिष्टले जानकारी दिनुभएको छ । बली चढाएमा मनोकांक्षा पुरा हुने जन बिश्वासका साथ प्रत्येक बर्षको जात्रामा यहाँ बली चढाउने परम्परा रहेको बिष्टले बताउनुभयो । गत बिगतका बर्षहरुको भन्दा यो बर्ष शान्ति पुणर् वातावरणमा मेला सम्पन्न भएको समेत पत्रकार बिष्टले बताएका छन् । मेला ब्यबस्थापनका लागी गत शनिवार पाटन नगरपालिकाका प्रमुख केशब बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले मेला ब्यबस्थापन समिति समेत गठन गरेको थियो । मदिराका कारण घट्न सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै मदिराको बेचबिखन तथा सेवनमा पुणर् रुपमा रोक लगाईएको थियो । हिजो अष्टमीको दिन प्रशिद्ध निंगलाशैनी भगवती मन्दिर देहीमाण्डौ तथा मेलौली भगवती मन्दिर मेलौलीमा पनी मेला लागेको थियो । मेलामा ४ सय बढी रांगाको बली दिईएको थियो ।

प्रतिक्रिया दिनुस