धनगढी । धनगढीमा प्रेमीको सहयोगमा श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमती सहित ४ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको जनाएको हो । प्रहरीका अनुसार शुक्रबार साँझ घरबाट निस्किएका रमेश शनिबार बिहान घर नजिकको खुटिया खोलाको छेउमा रहेको चौरमा भेटिएका थिए।

रमेशकी श्रीमती र स्थानीय विष्णु चौधरीबीच प्रेम सम्बन्ध थियो। सोही विषयमा विवाद बढ्दै गएपछि प्रेमी विष्णुसंगै मिलेर श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
विष्णु पनि विवाहित हुन्। प्रहरीले पक्राउ परेका अन्यको नाम भने खुलाएको छैन। प्रहरीले घटनाको विवरण आजै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुस