महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा आइतबार रातीदेखि परेको अविरल बर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ। भीमदत्त राजमार्गको भासु नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

बिहानै राजमार्गमा पहिरो जाँदा यात्रु तथा दर्जनौ सवारीसाधन अलपत्र परेका छन् । अत्तरियाबाट स्काभेटर लगेर अवरुद्ध सडक खोल्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुस