महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार कञ्चनपुरमा बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । समाजिक विकासमन्त्री लाल बहादुर खडका, आन्तरिक तथा कानुनमन्त्री पूर्णा जोशी र पुर्व राज्यमन्त्री प्रकास बहादुर रावलले वाढि प्रभावित क्षेत्रको अनुगमन गरेका हुन ।

समाजवादीका नेताहरु समेत रहेका मन्त्रीद्वय खडका, जोशी र पुर्वराज्यमन्त्री रावलले भीनपा ११ भुजेला, महाकाली पुल पहुँचमार्ग क्षेत्र, भीनपा ९ ब्रम्हदेब क्षेत्रको स्थलगत अनुगमन गरेको समाजवादी कञ्चनपुरका विद्यार्थी नेता प्रज्वल कुँवरले जानकारी दिए ।

मन्त्री त्रय सहित समाजवादी कञ्चनपुरका युवा नेता राजेन्द्र पाण्डे, महेश भट्ट सहितले अनुगमन गर्दै खल्ला मछेट्टीमा फसेका नायक परिवारको उद्दार तथा वाढि प्रभावित जनताको उद्दार, राहत कार्यका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्ने जनाएका छन् । महाकालीको भङगालोमा फसेका खल्लामछेट्टीका नायक परिवारको हेलिकेप्टर मार्फत उद्दार कार्यका लागि पहल भईरहेको छ । समाजिक विकासमन्त्री लाल बहादुर खडकाले बाढी पिडीतहरुका लागी राहत र समस्यामा परेकाको तत्काल उद्धार गर्न निर्देशन दिए । उनले भने,–‘ बाढीले वस्ती जोखीममा समेत परेका छन्, दिर्घकालीन रोकथामको योजना सहित अगाडी बढ्छौ।’

प्रतिक्रिया दिनुस