कञ्चनपुरको लक्ष्मी मा.वि.बागफाँटाले विभिन्न विधा विद्यालयमा क्लब गठन गरेको छ । भीमदत्त नगरपालिका वडा नं. १९ बागफाँटा विद्यालयले क्लब गठन गरेको हो । विद्यालयका प्रअ प्रमानन्द नाथले विद्यालयमा विभिन्न क्लब गठन गरिएको बताए । जुनियर रेडक्रस क्लब शिक्षक ज्योती बोहराको संयोजकमा अध्यक्ष प्रकृति जोशी, उपाध्यक्ष नरेश प्रसाद जोशी, सचिव शान्ति धामी, सह–सचिव कोपिला सुनार, कोषाध्यक्ष अनु चौधरी, सह–कोषाध्यक्ष शैलेनी धामी, सदस्यहरु शिवानी भण्डारी, अयुशा चौधरी, रोशनी पाल, आशिका गुरुङ र लक्ष्मी राना रहेका छन् ।

 

त्यसैगरी इको क्लबमा शिक्षक गिता बमका संयोजक र अध्यक्षमा कक्षा १० का विद्यार्थी मनिस जोशी, उपाध्यक्ष दिपिका भण्डारी, सचिव अर्जुन नाथ, सह–सचिव परवरिक जोशी, कोषाध्यक्ष मिना भण्डारी, सह–कोषाध्यक्ष आस्मा चौधरी, सदस्यहरु अभिषेक पार्की, शान्ति जोशी, रोशनी सुनार, माया बिष्ट, भुवनेश्वरी मडै, उमेश भण्डारी, प्रकाश बिष्ट, युवराज जोशी र प्रशिद्ध शाह रहेका छन । भने बाल क्लबका संयोजक शिक्षक लक्ष्मी बम शाह, अध्यक्ष कक्षा १० का विद्यार्थी निराजन राना उपाध्यक्ष कविता अवस्थी, सचिव पुष्पा जोशी सह–सचिव जयन्ती जोशी, कोषाध्यक्ष कविता जोशी, सह–कोषाध्यक्ष पुर्णिमा सिंह, सस्यहरु प्रिय पाल, मोनिका जैशी, निशा शाह, अनु थापा, अञ्जली चौधरी, टिकेश्वरी गिरी, आयुश शाह, अञ्जली भण्डारी र अनुप थापा रहेका हुन । विभिन्न विधामा गठन गरिएका क्लबका संरक्षक विद्यालयका प्र.अ. परमानन्द नाथ रहुन भएको हो ।

प्रतिक्रिया दिनुस