काठमाडौँ । नेप्से परिसूचक ७८ अंकले बढेको छ । मंगलबार नेप्से ७८।८२ अंकले बढेर २७५१।०७ अंकमा पुगेको छ ।
त्यस्तै मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २२७ कम्पनिको एक करोड १४ लाख ८६ हजार कित्ता शेर किनबेच भएको छ भने कुल ६ अर्ब ३१ करोडको कारोबार भएको छ । यसअघि सोमबार ४ अर्ब ३० करोडको कारोबार भएको थियो ।
त्यस्तै मंगलबार सबै उपसमूहको शेयर मुल्य बढेको छ । सबैभन्दा बढी होटल तथा पर्यटनको ७।५१ प्रतिशत मुल्य बढेको छ भने फाइनान्सको ५।६१ तथा लगानी र हाइड्रोपावरको ४ प्रतिशतभन्दा बढीले शेयर मुल्य बढेको छ । त्यस्तै जीवन बीमाको ३।३४ प्रतिशतले बढेको छ भने बैंकिङ, ट्रेडिङ, निर्जीवन बीमा, उत्पादन, अन्य उपसमुहको शेयर मुल्य २ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यस्तै मंगलबार ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । जसमा बेस्ट फाइनान्स, ङादी ग्रुप, खानीखोला हाइड्रो, राधी विद्युत, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो र चन्द्रागिरि हिल्स रहेका छन् ।