पुर्व खानेपानीमन्त्री एव कञ्चनपुर क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरले लालझाडी क्षेत्रको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन । पुर्वमन्त्री मगरले लालझाडी क्षेत्रको बाढि प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण गरेकी हुन । पुर्वमन्त्रीका स्वकीय सचिव दिपक तिल्मिसिनाले मंगलबार लालझाडी गाँउपालिका क्षेत्रमा दोदा नदी, लगायत अन्य साना ठुला खहरले खोला नालाका कारण कटानी भएको क्षेत्रको अनुगमन गरेको बताए ।

स्वकीय सचिव तिम्लिसेनका अनुसार वाढि प्रभावित लालझाडी गाँउपालिका १, २, ३, ४ र ६ नम्बर वडामा भएको बाढी क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगन गरेर मन्त्री मगरले वाढीपीडितलाई राहत, पूर्नस्थापना, किसानको क्षतिपूर्तिका लागि तीनै सरकारसंग आफ्नो तहबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । ‘म तपाई बाढीपीडित आम जनताको अधिकारका लागि तीनै सरकारसंग पहल गर्छु, ‘पुर्वमन्त्री मगरले भनिन, ‘राहत तथा क्षतिपूर्तिका लागि तीनै सरकार जिम्मेबार बन्नुपर्छ ।’

आइतबारदेखि पुर्वखानेपानीमन्त्री मगरले क्षेत्र नम्बर १ को बाढिप्रभावित क्षेत्र र बाढिपीडितसंग छलफल गरेको स्वकीय सचिव तिम्लिसेनले बताए । आफ्नो निर्वाचन क्षेत्रमा वाढिपीडित जनतासंग भेटघाट र प्रभावित क्षेत्रको अनुगमन गर्दै पुर्वखानेपानीमन्त्री समेत रहेकी बिना मगरले वाढि पीडित जनतालाई उचित राहत, पूर्नस्थापना र वाढिबाट क्षतिग्रस्त भएका भौतिक संरचना, खेतबारी, सडक एव सार्वजनिक क्षेत्रको सरकारले पूर्नस्थापना गर्दै, क्षेत्र १ का ठुला नदी दोदा, चौधर, झर्नाखोला लगायतका सानाठुला खोलाको कटानी नियन्त्रणका लागि दिर्घकालिन योजना ल्याउन समेत संघीय सरकारसंग आग्रह गर्दै आफ्नो तर्फबाट सम्बन्धीत मन्त्रालयमा पहल गरिने प्रतिबद्धता जाहेर गरेकी छिन ।

पुर्वमन्त्री मगर समक्ष बाढीपीडित जनताले तत्तकालका लागि राहत, क्षति भएको अन्नबालीको क्षतिपूर्तिका साथै दिर्घकालिन रुपमा नदीखोला नियन्त्रणका लागि पहल गरिदिन माग गरेका छन । बाढी प्रभावित क्षेत्र बस्तीमा संसद मगर पुगेसंगै पीडितले मगरप्रति जनताप्रति उत्तरदायी पीडामा रहेका बेला आएर सान्त्वना दिने काम गरेको प्रतिकृया दिएका छन । लालझाडी गाँउपालिका १नौरङ्गाका स्थानीय विष्णूराम रानाले बाढीका कारण भएको अन्नबाली समेत नष्ट भएकाले दैनिक गुजारा चलाउन धौउधौउ भईरहेकाले मन्त्री समक्ष राहतको माग गरे ।

यस्तै लालझाडी गाँउपालिका २ कञ्जकी शारदा रानाले पुर्वमन्त्री मगरसंग तीनै तहका सरकारबाट राहत दिलाईन माग गरेका छन । मंगलबारै मन्त्री मगरले लालझाडी गाँउपालिका ४डाँगा जाईको बैजनाथ बहुभाषिक विद्यालयको गेट र ६चाँन्देवमा रहेको रामेश्वर आधारभूत विद्यालय कम्प्युटर ल्याबको उद्घाटन गरेका छन । दुवै सामुदायिक विद्यालयमा पुर्वमन्त्री मगरले सामुदायिक विद्यालयको गुणस्तरमा जोडदिएका छन । लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले गाँउको मुख्य समस्या दोदा नदीको कटानी भएकाले नियन्त्रणका लागि पालिका सरकारसंग मात्रै बजेट नभएकाले संघीय संसदले पहल गरिदिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुस