महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा स्वरुमबाटै तिन पल्सल बाइक चोरी गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार राती बेलौरी बजार स्थित डि.डी. अटो मोवाइल स्वरुममा तोडफोड गरि ‘पल्सर २ ०० सिसी एकथान र पल्सर १५० सिसि दुईथान’ मोटरसाइकल चोरी गर्ने तिन जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल खड्काका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिकाका विवेक बम ठकुरी, पारष बिष्ट र ठगी राना रहेका छन् । उनीहरुले शनिवार राती स्वरुमबाट सिसीटीभि क्यामेराको तार झिकी हतियारले ताल्चा तोडी बाइक चोरी गरेका थिए । अनुसन्धानका क्रममा सुक्लाफाँटा नगरपालिका–१ तारापुर दोदा नदी छेउमा परालको थुप्रोमा दुई पल्सर बाइक लुकाइएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक खड्काले जनाए ।

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ४ जना हुन सक्ने आसंका गरेको छ । चोरी भएको एक पल्सर बाइक भने फेला नपरेको प्रहरी निरीक्षक खड्काले जनाए । उनले भने,–‘ उनिहरु पेसेवर नै हुन, थप एक मोटरसाइकलको पत्ता लागीसकेको छ, नियन्त्रणमा लिइएका लाई कार्वाही अगाडी बढाएका छौँ ।’

प्रहरीले चोरीमा संलग्न सबैको पहिचान भइसकेकाले कार्वाही अगाडी बढाइने जनाएको छ ।

 

प्रतिक्रिया दिनुस