कञ्चनपुरमा गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थीको हातै भाँचिने गरी पिटेका छन् । भीमदत्त नगरपालिका –६ ऐठपुरस्थित लिटिल स्टार माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक प्रेमबहादुर चन्दले ९ वर्षीय बालक सन्देश देउवालाई लाठी प्रहार गर्दा उनको हात भाँचिएका अभिभावकले जनाएका छन्।

कक्षा ४ मा अध्ययनरत उनलाई मंगलबार दिउँसो चन्दले गृहकार्य नगरेको भन्दै कुटेको बालकका बुबा जनक देउवाले बताए । उनका अनुसार सन्देशको हातका औलाले राम्रोसँग काम गरिरहेका छैनन् भने महाकाली प्रादेशिक अस्पतालका डाक्टरले हातमा प्लाष्टर गर्न सुझाव दिएका छन् । उक्त विद्यालयका प्रिन्सिपल समरजंगबहादुर चन्दले भने शिक्षक प्रेमले डराउन खोज्दा भुलवश हातमा लौरो लागेको बताउँदै सन्देशका अभिभावकसँग माफि मागिएको र उनको उपचार आफूहरुले गर्ने बताए ।

प्रतिक्रिया दिनुस