काठमाडौं । उत्पादित विद्युत खपत नहुदाँ दैनिकरुपमा चार देखि पाँचसय मेगावाट विद्युत खेर जाने गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशीबाट ४५६ मेगावट विद्युत उत्पादनपछि विद्युत खेर जान थालेको हो । प्राधिकरणलाई विद्युत उत्पादनसँगै विद्युत खपत बृद्धि गर्नु पर्ने चुनौति थपिएको भन्दै तत्काल १५सय मेगावाट विद्युत खपत गर्नका लागि भौतिक संरचना निर्माणमा लागि परेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता एवं सिष्टम अपरेसन प्रमुख सुरेशबहादुर भटट्राईले जानकारी दिए । प्रशारण लाइन अभावले आन्तरिक विद्युत खपत हुन नसकेको भन्दै तत्काल प्रशारण लाइन निर्माणमा जोड दिएको उनले बताए । विराटनगर, भैरहवा लगायतका क्षेत्रमा प्रशारण लाइन अभाव हुदाँ खपत समस्या भएको उहाँको भनाई छ । य

सका लागि तत्काल ४०० केभिए क्षमताको ढल्केवर– इनरुवा र ४०० केभिए क्षमताकै ढल्केवर–हेटौडा र २२० केभिए क्षमताको हेडौडा–वर्दघाट प्रशारण लाइन निर्माणलाई तिव्रता दिएको उनले जनाए । यी प्रशारण लाइन निर्माणसँगै तत्काल १५ सय मेगावाट विद्युत नेपालमै खपत हुने प्राधिकरणको दावी छ । प्रशारण लाइन निर्माणमा आन्तरिक समस्या बढी आउने भएकाले तीनै तहका सरकार, बन, निकुन्ज कार्यालय र स्थानीयले सहयोग गर्नु पर्ने समेत प्राधिकरणले अनुरोध गरेका छन् । खपत बडाउन विद्युतीय बसको प्रयोग, इन्डक्सन चुल्होको प्रयोग, उद्योग तथा कलकारखानालाई सस्तोदरमा विद्युत आपूर्ति गर्ने जस्ता योजना राखिए पनि प्रशारण लाइन अभावले समस्या हुदाँ खपत हुन नसकेको प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले बताए ।

भौतिक संरचना अभावनै मुख्य भएकाले उत्पादित विद्युत मध्ये ५०० मेगावाट सम्म दैनिकरुपमा खेर जाँदै आएको उनले बताए । प्राधिकरणले आन्तरिक खपतसँगै अन्तरदेशीय व्यपार तथा निर्यातका लागि समेत केन्द्रीत भएको उनले बताए । हाल रातको समयमा ९०० मेगावाट न्युनतम र १६०० मेगावाट पिकआवर ९६–१० बजे० मा माग हुने गरेको छ, त्यसैले ७०० मेगावाट विद्युतको व्यवस्थापन हुन नसकेको प्राधिकरणको तथ्याङक छ । जडित क्षमता १६०० मेगावाट र माग भने १३५० मेगावाट रहेको छ ।

प्रशारण लाइन निर्माण तथा व्यवस्थापनमा कानुनी जटिलता भएकाले राज्यले कानुनी व्यवस्थापन गरेर सहयोग गर्नु समेत उहाँले माग गर्नुभयो । राज्य तहबाट सहयोग भए २४ घण्टा विद्युत खपत बडाउने कार्ययोजना तयारी गरेको उहाँको बताउनुभयो । यता विद्युत नियमन आयोगले समेत प्राधिकरणकै अनुरोधमा विद्युत् शुल्क समायोजन गर्न लागेको र यसमा खपत वृद्धि गर्ने लक्ष्यका साथ शुल्कलाई समायोजन गर्ने अन्तिम तयारी गरेको प्रवक्ता डा। रामप्रसाद धितालले बताउनुभयो । आयोगले २० युनिटसम्म निःशुल्क र ४०० युनिट माथि प्रयोग गर्ने उद्योगलाई सस्तोदरमा उपलब्ध गराउने र रात र दिनमा प्रयोग गर्ने विद्युतको शुल्कमा समेत ध्यानमा राखेर शुल्क समायोजन गर्ने तयारी गरेको उहाँले जानकारी दिए । प्राधिकरणका प्रवन्धक निर्देशक घिसिङले भने विद्युत प्राधिकरणले अरबांै लगानी गरेर दुई हजार मेगावाट क्षमता भन्दा ठूला आयोजनाहरुमा लगानी शुरु गरेकाले संस्थाको हितलाई ध्यानमा राखेर विद्युत विक्रीलाई ध्यानु दिनु जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुस