बेलौरी । कञ्चनपुरको बेलौरीमा गैडाको आक्रमणबाट एकजना घाइते भएका छन् । बुधबार बिहान वन क्षेउमा गैडाले आक्रमण गर्दा घाइते वडा नम्बर ४ का बलराम रानाको इसान मेमोरियल हस्पिटलमा उपचार भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको हो ।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख दिनेशकुमार यादवका अनुसार गैडाको आक्रमणमा परि रानाको पिठ्युमा चोट लागेको छ । केही दिनयता गोरखपुर सामुदायिक वनमा गैडा बसिरहेकाले त्यो आसपासका नागरिकलाई सर्तक रहन आग्रह बनकार्यालयले आग्रह समेत गरेको छ । बन्यजन्तु राहत निर्देशिका बमोजिम पीडितलाई राहत दिइने डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुस