महेन्द्रनगर । संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ बिमानस्थल दुई वर्षभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता गरेका छन् ।
मन्त्री आलले १५२४ मिटर लामो धावनमार्गका लागि ५३ करोड ६० लाख रुपैया बिनियोजन गरी टेण्डर प्रकृया समेत पुरा भईसकेको बताए ।मझगाउँ बिमानस्थलमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री आलले हाल मझगाउँ बिमानस्थलसंग ७० बिगाहा जग्गा रहेकोमा दक्षिणतर्फको जग्गा अधिग्रहण गरी धावनमार्गको लम्बाई पाँच सय थप गरिने प्रतिद्धबता गरे ।
छलफल कार्यक्रममा सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री मान बहादुर धामी, पूर्व राज्यमन्त्री प्रकाश रावल, सांसद, बिना बुढाथोकी, भीमदत्त नगपालिकाका मेयर सुरेन्द्र बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
धनगढी बिमानस्थललाई क्षेत्रीय बनाउन छलफल
धनगढी बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउन छलफलशुरु भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेको नेतृत्वमा आज काठमाण्डौंबाट आएको उच्चस्तरीय टोली र सुदूरपश्चिमका मुख्यमन्त्री र सरोकारवालाहरुबीच आज धनगढी बिमानस्थलमा छलफल भयो । मन्त्री आलेले धनगढी बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउन आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि बजेट बिनियोजन गरी जग्गा अधिग्रहण र निर्माण प्रकृया अघि बढाउने बताए ।
मन्त्री आलेले जग्गा अधिग्रहणका लागि साढे चार अर्व आवश्यक पर्ने बताउदै सो लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरे ।सुदूरपश्चिमको विकास र समृद्धिका लागि धनगढी बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउन आवश्यक भएको बताउदै मन्त्री आलेले आफूले सपना देखाउने भन्दा काम गरेर परिणाम देखाउने बताए ।
नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले क्षेत्रीय स्तरको बिमानस्थलका लागि जग्गा अधिग्रहण र पूर्बाधार निर्माणका लागि १५ अर्व रुपैया लाग्ने बताए । उनले क्षेत्रीय स्तरको बिमानस्थलका लागि २५०० मिटरको धावन मार्ग निर्माण गरिने र हालको धावन मार्गलाई जहाजहरु पार्किङ स्थलका रुपमा प्रयोग गरिने बताए ।