कञ्चनपुरको बेलडाँडी बाढी प्रभावित क्षेत्रमा पुर्वखानेपानीमन्त्री बिना मगरले अनुगमन गरेकी छिन । बुधकार पुर्व खानेपानीमन्त्री एव कञ्चनपुर क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरले बेलडाँडी प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन ।

पुर्वमन्त्रीका स्वकीय सचिव दिपक तिल्मिसिनाले बेलडाँडीको बाढी प्रभावित कटानी चौधरी झर्नाखोला, होचो भाग क्षेत्रमा स्थलगत अनुगमन गरेको बताए ।

स्वकीय सचिव तिम्लिसेनका अनुसार यस अघि बेलौरी, पूनर्वास र लालझाडी बाढि प्रभावित क्षेत्रमा अनुगन गरिएको थियो । ‘क्षेत्रका चारै तहको बाढि प्रभावित क्षेत्रको अनुगमन गरिएका छौँ, ‘उनले भने, ‘अब राहत एव पूर्नस्थापनाका लागि तीनै सरकारसंग पहल गछौँ ।’ बेलडाँडी वाढिपीडित जनतासंग भेटघाट र प्रभावित क्षेत्रको अनुगमन गर्दै पुर्वखानेपानीमन्त्री समेत रहेकी बिना मगरले वाढि पीडित जनतालाई उचित राहत, पूर्नस्थापना र वाढिबाट क्षतिग्रस्त भएका भौतिक संरचना, खेतबारी, सडक एव सार्वजनिक क्षेत्रको सरकारले पूर्नस्थापना गर्नुपर्नेमा जोडदिईन ।

पुर्वमन्त्री मगर समक्ष बाढीपीडित जनताले तत्तकालका लागि राहत, क्षति भएको अन्नबालीको क्षतिपूर्तिका साथै दिर्घकालिन रुपमा नदीखोला नियन्त्रणका लागि पहल गरिदिन माग गरेका छन । बेलडाँडीको बाढी प्रभावित क्षेत्र बस्तीमा संसद मगर पुगेसंगै पीडितले मगर जनताप्रति उत्तरदायी भएको बताएका छन ।

प्रतिक्रिया दिनुस