पुर्वखानेपानीमन्त्री तथा निर्वाचन क्षेत्र नम्बर १की संसद बिना मगरले कञ्चनपुरको झर्नाखोलाको स्थलगत अनुगमन गरेकी छिन । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिका १ र बेलौरी नगरपालिका ९ भएर बग्ने झर्नाखोलाको बुधबार बिना मगरले स्थलगत अनुगमन गरेकी हुन ।

पुर्वमन्त्रीका मगरका स्वकीय सचिव दिपक तिल्मिसिनाले बेलडाँडीको बाढी प्रभावित र कटानी भएको झर्नाखोलामा स्थलगत अनुगमन गरेको बताए । झर्नाखोलाको बाढीले पहुँचमार्ग भत्किएको स्थलको अनुगमन गर्दै मगरले खोला नियन्त्रणका लागि दिर्घकालिन योजना ल्याउन पहल गर्ने बताउनुभएको छ ।

‘खोला नियन्त्रणका लागि पहल गर्छु, ‘पुर्वमन्त्री मगरले भनिन, ‘यसमा तीनै सरकार जिम्मेबार हुनुपर्छ ।’ झर्नाखोलाका पीडित किसान, जनतालाई राहत क्षतिपूर्ति र खोला नियन्त्रणको दिर्घकालिन योजना ल्याउनका लागि पहल गर्ने बताईन । झर्नाखोलाले पहुँचमार्ग भत्काएपनि स्थानीय, प्रदेश र संघीय सरकारका कुनैपनि जनप्रतिनिधी अनुगमनका लागि नआएका बेला निर्वाचन क्षेत्रकी संसद मगर आएसंगै स्थानीयले खुसी व्यक्त गरेका छन । स्थानीयले पुर्वमन्त्री मगर समक्ष झर्नाखोलाको कटानी, पटानी नियन्त्रण गर्दै उर्बराखेती जोगाउन योजना ल्याईदिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुस