धनगढी-एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउने बारे छलफल नभएको बताएका छन्। धनगढीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ुमहाभियोगबारेमा प्रवेशै गरेको छैन। त्यो बारेमा हामीले छलफलै गरेको छैन। म अहिले बाहिरको बाहिरै छुु, उनले भने।

यस्तै उनले गठबन्धन दलको सहकार्य चुनावसम्म जाने पनि बताएका छन्। एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसको संयुक्त सरकारले चुनावसम्म पनि सहकार्य गर्दै जाने उनले बताए। अरू पार्टीसँग पनि तालमेल मिलाउनका लागि छलफल परामर्श गर्दैछौुं, उनले भने।

प्रतिक्रिया दिनुस