नेपाल स्काउटले कञ्चनपुरमा बाढी पीडित रहेकाहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । नेपाल स्काउटको सुदूरपश्चिम प्रदेश स्काउट कार्यालयले दोधारा चाँदनी नगरपालिकालाई ३०० परिवारको लागि न्यानो लुगा हस्तान्तरण गरेको हो ।
प्रदेश तदर्थ समिति सदस्य खुसिरानी चौधरी र स्थानीय स्काउट समिति संयोजक दुर्गा बडालले दोधारा चाँदनी नगर उप प्रमुख चिनी ओझा गिरीलाई लत्ता कपडा हस्तान्तरण गरेका हुन् । बाढीबाट विस्थापित भएका र प्रभावित भएका परिवारका सदस्यहरूलाई सुइटर जकेट लगायत न्यानो को लुगा हस्तान्तरण गरेको शमी विष्टले जानकारी दिइन् ।
नेपाल स्काउटले गरेको सहयोगबाट विस्थापित भएकाहरूलाई ठुलो राहत हुने उप प्रमुख चिनी ओझाले बताइन् ।
प्रतिक्रिया दिनुस