महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिकामा एक लाख धनराशि पुरस्कार रहेको फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको न्यु मालिका युवा क्लवको आयोजनामा नगरस्तरीय फुटबल प्रतियोता आयोजना गर्न लागिएको हो ।

बिहिबार क्लवले मालाखेतीमा प्रत्रकार सम्मेलनको आयोजना गर्दै दिपावली पर्वलाई लक्षित गरी कार्तिक १४ देखि १८ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिताका संयोजक महेश बिष्टले प्रतियोगिताले गाउँ– गाउँमा लुकेर रहेका प्रतिभालाई आफ्नो खेल प्रदर्शन गर्ने अवसर प्रदर्शन गर्ने बताए । उनले प्रतियोगिताले युवा पिढीलाई फुटबल तर्फ आकर्षित गरी युवहरुलाई कुलतमा फस्नबाट बचाउन टेवा पुग्ने बताए ।

नकआउट चरणमा खेलाइने प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख र द्धितिय पुरुस्कार ५० हजार राखिएको आयोजकले जनाएको छ । प्रतियोगिता गोदावरी नरपालिका – ३ मा र रहेको मालिका युवा क्लवको खेल मैदानमा हुने जनाइएको छ । पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष भरत राज भट्टराईले आफ्नो क्षेत्रमा ठूला–ठूला प्रतियोगिता आयोजना भएर बाह्य खेलाडीले खेल्ने गरेका भएपनि नवप्रतिभावान स्थानिय खेलाडीले भने अवसर कम पाउने गरेको बताए । उनले क्लवले आयोजना गरिरहेको नगरस्तररिय प्रतियोगिताले स्थानिय खेलाडीलाई स्थान दिने बताए ।

प्रतिक्रिया दिनुस