महेन्द्रनगर । तिहार नजिकीएसँगै कञ्चनपुरका नाका भएर विष्पोटक पदार्थ भित्र्याउने क्रम सुरु भएको छ । शुक्रवार शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले कञ्चनपुरको गड्डाचौकी नाका भएर एक लाख १७ हजार ९४० बराबरका बिष्पोटक पदार्थ पटाका बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको टोलीले बरामद गरिएका तिन बोरा पटाका नष्ट गरिएको जनाएको छ । डिएसपी गंगादत्त पन्तका अनुसार बरामद गरिएका तिन बोरा पटाका नष्ट गर्दे नाकामा थप सुरक्षाकर्मी तैनाथ गरिएको छ । दिपावलीको समयमा नाका भएर विष्पोटक पदार्थ भित्र्र्याउन नदिन उच्च शुरक्षा सर्तकता अपनाइएको डिएसपी पन्तले जनाए ।

प्रतिक्रिया दिनुस