काठमाडौं । एनएमबि लघुवित्तले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र०७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ५३ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको २१ प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश गरी कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुस