फाइल ।

कार्तिक पहिलो साताको बाढीले तटबन्ध बगाउँदा रानी जमरा कुलरिया सिँचाइ आयोजनामा ठुलो क्षति भएको छ। बाढीले तटबन्ध बगाएपछि १४ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।कर्णाली नदीले खैरेनी चिसापानी क्षेत्रमा करिब एक सय मिटर तटबन्ध कटान गरी आयोजनाको मुल नहरमा पानी पसेपछि क्षति पुर्‍याएको आयोजनाले जनाएको छ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर विदुर श्रेष्ठलेका अनुसार मुल नहरको करिब १० मीटर र लम्की विस्तार नहरमा करिब २५ मीटर लाइनिङ प्यानल फुटाएको छ भने रानी जमरा कुलरिया शाखा नहरको मुहानमा क्षति पुगेको छ। यस्तै टीकापुर नगरपालिकाको शाहीपुर क्षेत्रबाट तटबन्ध फुटाएर कर्णाली नदी बस्तीतिर गइ हुलाकी राजमार्गको सत्ती क्षेत्रमा करिब तीय सय मिटर बाटो पुर्ण रुपमा क्षति पुगेको छ। रानी जमरा कुलरियाको सिञ्चित क्षेत्रका करिब २ किलोमीटर सर्भिस रोडमा क्षति पुगेको र सत्तीदेखि खक्रौलासम्म रहेको बक्स तथा ह्युमपाइप कल्भर्टमा पनि क्षति पुगेको छ।

प्रतिक्रिया दिनुस