फाइल ।

दार्चुलाः महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिंकर सडकको निरीक्षणमा संघीय संसदको विकास तथा प्रविधि समितिको टोली आएको छ। शुक्रबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली आएको हो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार टोली अहिले ब्यास गाउँपालिकाको छाङरुमा ओर्लिएको छ। टोली सेनाले निर्माण गरिरहेको सडकको निरीक्षणमा आएकाखे बताईएको छ। टोली दिउँसो सदरमुकाम खलंगा फर्किनेछ। त्यसपछि बझाङको चैनपुर, खप्तड हुँदै साँझ सुर्खेत फर्किने कार्यक्रम रहेको छ। टोलीले तिंकर सडकको अनुगमन र ब्यास गाउँपालिका–१ छाङ्रुका स्थानीयसँग विविध विषयमा छलफल गर्ने छ। जहाँ नेपाली सेनाले एक सय ३४ किलोमिटर दार्चुला–तिंकर सडकको ८७ किलोमिटर सडकको ट्रयाक खोलिरहेको छ।

प्रतिक्रिया दिनुस