महेन्द्रनगर–भारत–नेपाल मैत्री बस सेवा सुचारु भएको छ । कोरोना महामारीका कारण बन्द रहेको बस सेवा २० महिना पछि सुरु भएको हो ।

बस सुचारु भएपछि शुक्रबार बिहान उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट यात्रु सहित महेन्द्रनगर पुगेको छ । यात्रु र चालक सहचालक सबैलाई स्वास्थ्य मापदण्ड पुरा गरेर भित्र्याइएको महाकाली यातायात प्रालीका अध्यक्ष डम्मरराज पन्तले बताए ।

प्रतिक्रिया दिनुस